Public Pana
केही प्रदेशमा वर्षा जारी 

हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  
 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
 

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
 

हाल मनसुनको न्यून चापीय रेखा सरदको स्थानभन्दा उत्तरमा अवस्थित रहे पनि केही दिन भारी भारी वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update