Public Pana

नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले एमसीसीका बिरुद्ध बोल्नेलाई चूनावमा हटाउने ग्राण्ड डिजाइन गरिएको र त्यसको शिकार आफु भएको बताएका छन् ।
 

नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बृहत अन्र्तक्रिया कार्यक्रममा खनालले तत्कालिन समयमा आफु एक जनामात्रै सदनमा उभिएर एमसीसीको विरोध गरेको र त्यसैका कारण चूनावमा हटाउने ग्राण्ड डिजाइन गरिएपनि अहिले आफुलाई कुनै पश्चाताप नरहेको उल्लेख गरे ।
 

सदनबाट एमसीसी पास गर्नु इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको उनले बताए । खनालले उक्त सम्झौता संविधान र कानूनभन्दा माथि रहेको भन्दै यस्ता कुनै पनि मान्न जरुरी नरहेको जिकिर गरे ।
 
त्यस्तै नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी साम्राज्यवादको रुपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरु नेपाल आउन खोजेको तर्क गरे ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update