Public Pana


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरु नै बिभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । 
 

आज सोमबार काठमाडौंमा आयोजना गरिएको जनप्रतिनिधिसंगको कार्यक्रममा उनले ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगाएतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरु नै बिभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाउका हुन् ।
 

केपीले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको तर्क गरे ।
 

यती होल्डिङस, वाइडबडी, गिरीबन्धु लगाएतका प्रकरणको छानविन गर्न सरकारलाइ चूनौति दिदै उनले उक्त प्रकरण छानविन गर्दा आफुलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरु मुछिने बताए । 
 

सत्तामा भएकाहरुले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको ओलीको भनाइ छ ।

उनले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको र देशबिकासका साथै समृद्धिमा ध्यान केन्द्रीत रहेको जिकिर गरे । 
 

ओलीले तत्कालिन अवस्थामा बद्नाम गर्नका लागि एमालेका इश्वर पोखरेलमाथि पानी ट्याङ्कीमा पैसा लुकाएको अरोप लगाइएको पनि बताए ।
 

उनले नेकपालाई अदालतले बिघटन गरेको सहि नभएको बताए ।
 

नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको अध्यक्ष ओलीले बताए । त्यसपछि पनि बिभिन्न शक्ति मिलेर एमाले फुटाएको समेत उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update