Public Pana
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु : आन्दोलन

उपचारका लागि धनगढीको स्वस्तिक अस्पताल पुगेका बिरामीको मृत्यु भएपछि आफन्तले विरोध प्रर्दशन सहित आन्दोलनमा उत्रिएका छन् ।

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् ।  

पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन् ।

उनीहरुले धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द गराएका हुन् । चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

शुुक्रबार अस्पताल भर्ना भएका चौधरीको बायाँ मिर्गौलामा पत्थरी रहेको भन्दै शल्यक्रिया गरिएको थियो । तर उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनको सोमबार विहान मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update