Public Pana

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरुले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् ।
 

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षडयन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन् । 
 

उनले गौर घटनाका पीडितसंग प्रधानमन्त्रीले बालुवाटारमा सहमति गरेपनि कुर्सी हल्लिने भएपनि पछि हटेको जिकिर गरे ।
 

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत हुन नसकेको साहको भनाइ छ । 
 

उनले बिभिन्न प्रकरणहरु लुकाउनका लागि सरकारले नयाँ नयाँ प्रकरण ल्याउने गरेको तर्क गरे ।
 

साहले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको रेकर्ड सरकारसंग रहेपनि ठूला व्यक्तिहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए ।
 

राजतन्त्र फालेपनि अहिले छाटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरे । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update