Public Pana
प्राधिकरणले गुणस्तर बढाउने भन्दै गुणस्तर मापन किन्दै : कमिसनको लोभमा टेरामोस 

नेपाल दूरसञ्चार प्राधिकरणले शुरुवातदेखिनै विवादमा पर्दै आएको ‘टेरामोस’ प्रणाली जडान गर्न जोडतोड गरिरहेको छ । 

टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधिले हालको दूरसञ्चार क्षेत्रमा हुने कर छली गुणस्तरमा वृद्धि गर्ने लगायतका कार्य गर्ने प्राधिकरणले दाबी गर्दै आएको छ ।

प्राधिकरणले गएको साउन १६ गते टेरामोस प्रविधि सम्बन्धमा आफ्नो तर्फबाट स्वेत पत्र नै जारी गरेर यसले ठगीका गतिविधि रोक्ने, भ्वाइस तथा डाटा सेवाको गुणस्तर मापन तथा अनुगमन र भ्वाइस तथा डाटाको कुल भोल्यूम परीक्षण गर्ने बताएको थियो ।

उक्त स्वेतपत्रमा प्रश्नोत्तरको पहिलो पृष्ठ र प्रश्नको उत्तरमा नै “दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण-न्युनीकरण गर्न तथा सेवाप्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जाँच गरी दूरसंचार ऐन, २०५३ को दफा १३) छ (अनुसार दूरसंचार सेवालाई विश्वासिलो गुणस्तरीय तथा भरपर्दो बनाई दूरसंचार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न नियमनका लागि स्थापना गर्न लागेको हो,” भनिएको छ ।

यसैगरी दूरसञ्चार ऐन,२०५३ को दफा १७ अनुसार नियमनकारी निकायले विवरण लिने अनुगमन नियमन गर्न पाउने अधिकार प्रयोग गरी उपरोक्त प्रणाली जडान गरी दूरसंचार कम्पनीहरुको घट्दो राजस्व को कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी जस्ता अपराधिक क्रियाकलापहरु रोक्न÷पहिचान गर्ने कार्यमा यस प्रणालीले सहयोग गर्ने जिकिर गरिएको छ ।

यति मात्र नभई टेरामोस  कस्तो प्रविधि हो भन्ने प्रश्नको उत्तरमा यसले गुणस्तर अभिवृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको उल्लेख छ ।

तर लामो समयदेखि एउटैमा मात्र जोड दिद प्राधिकरणमाथि प्रश्न उठेको छ कि प्राधिकरणले गुणस्तर बढाउने भन्दै गुणस्तर मापन किन्न किन लागेको छ, कमिसनको लोभमा टेरामोस घोकिरहेको त होइन ? 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update