Public Pana
शेयर बजार पाँच अङ्कले बढ्यो 

शेयर बजार आज सोमवार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नौ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे चार प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

आज कारोबार रकम तीन महिनायताकै कम भएको छ । गएको जेठ ११ गते यता आज पहिलो पटक शेयर बजारको कारोबार एक अर्ब रुपैयाँभन्दा कममा सीमित भएको हो ।

३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update