Public Pana
शारुक ताम्राकारको आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको प्रष्टीकरण

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार ।

धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचनाहरू  प्रवाह गर्न जादै छु ।

सन्दर्भ नेपाली चलचित्र ‘माया’ छायाङकनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ । सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धान्जली तथा शोकशन्तप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु ।
स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दछु ।
यो घटना केही दिन पहिले घटेको हो । तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भए– सामन्य अबस्थामा पनी त्यक्तिसारो मिडियामा आउने मान्छे होइन म । तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो । मेरो परिवार र हाम्रो कानुनी टीमले त्यो किसीमको हर्कतलाइ नजिकबाट नियालिरहेका थियौ ।

एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ । मेरो मौनतालाइ कमजोरी नठान्न अपिल गर्दछु ।

म एक महिला मात्र नभएर कलाकार पनि हो । अनी नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाच्न पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन । यो कानुनी राज्य हो, झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाइ सत्यको बाटो हिड्नको लागी आग्रह गर्दछु ।

थुप्रै मिडयाहरुबाट कल आएको थियो, मेरो फोन मेरो दादा सककग हुन्थ्यो । अहिले पनि मेरो परीवारले नै हयान्डल गर्नु हुन्छ तर मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन । मैले बिभन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको अन्तवार्ताहरु लाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो ।

ट्रा्ल बनाउने प्रयास भयो । त्यसकारण यस बखत टेलिभिजन अन्तवार्तामा आइन । आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन । यो घटनासँग जोडीएका फ्रेब्रिकेटेट समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्ने नै छ ।

म यस चलचित्रको एक कलाकार पनि थिए, सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक थियो होला । तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे । त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ ।

आत्महत्या जस्तो सम्बेदनशील बिषयलाइ ग्लोरिफ्राई गर्नु उचित हुदैन । पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाइ सधै सम्मान गर्छु । स्वच्छ पत्रकारिता पत्रकारको धर्म हो । तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडियाहरू बाट यो घटना पछी भ्यूजका लागी जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म घोर भर्त्सना गर्दछु।

यो किसीमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देश बिदेशमा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु । म आफै पनि मेन्टल हेल्थ SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषयलाइ मिडियामा ल्याउन उचित ठानिन । म सम्पूर्ण रुपमा घर अनी हस्पिटल तिर नै रहें । तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिँजाइयो ।

जबकी इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ । प्रहरी प्रशासनलाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहररुले भन्नु भयो– तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ।

तर कतै भिजिट गरेको देखिन्नत भनेर सरप्राइज हुनु भयो । चलचित्र मेकीङ टिम र मृतकका परिवार सककग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरु बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन ।
म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें । जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त प्रहरी कार्यालय हाजिर भए । यो घटना सम्बन्धि डिटेल सोधपुछ भयो जे जे यथार्थ थियो र हो सबै बताए । सो चलचित्रको मेकिङ टिम, कलाकारहरु सबै जना सककग सोधपुछ भइरहेको जस्तो लाग्छ । किनकी सो चलचित्रको कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्व कै टप छ । अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ ।

आशा छ यो घटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ ।

केही अपराधी नउम्कयोस निर्दोष नफसोस भन्ने भनाइ हो । जहाँसम्म कालो बोका र बुटीको कुरा लाइ फण्डा बनाइएको थियो । अहीले को एक्काईसैं शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबैले मनन गरौं । पुजा गर्ने गुरुको कुरा छ जुन चर्चाको नाम थियो उहांलाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं ।

‘JUSTICE FOR SARUK ‘ निष्पक्ष छानबिन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाइ अनुसन्धानको सवालमा पूर्ण सपोट रहने छ । अन्तमा मृतकको सम्पूर्ण परिवारलाइ धैर्य धारण गर्ने शक्ति मिलोस । आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु । यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभको गर्दछु १ चलचित्र मेकिङ टिम र मृतकको परिवारहरु प्रति मेरो भन्नु केही छैन । प्रशासनलाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ । धन्यबाद । श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ।
– नम्रता श्रेष्ठ
काठमाडौं, नेपाल
मिति: 2080/05/11गते सोमबार
मैले यो लेखेर पहिले नै पोष्ट गर्न तयार गरेको थिए किनकी रियालिटी बाहिर थाह होस भनेर । तर मेरो परीवारको सुझाव अनुसार प्रहरीअनुसन्धानमा बाधा पुग्ने भएकोले गरीन । त्यही कुरालाई अहिले जस्ताको तेस्तै पोष्ट गरेको छु ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update