Public Pana
उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका सांसद अब्दुल खान समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

हिजो आइतबार प्रतिनिधि सभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो।

एकल उम्मेदवारी परेका समितिका सभापति निर्विरोध निर्वाचित भएको घोषणा समिति बैठकले गर्नेछ  ।

‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिको आइतबार उम्मेदवारी मनोनयनका लागि सभामुख देवराज घिमिरेले मिति तय गरेका थिए ।

अहिले संसदीय समितिको बैठकमा औपचारिक रूपमा नेतृत्व चयन घोषणा हुँदैछ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update