Public Pana

नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ ।

आज सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जननायक वीपी कोइरालाको ११० औं जन्म जयन्तीलाई वीपी साहित्य महोत्सवका रुपमा मनाउने जानकारी गराएको हो ।

भाद्र २४ लाई नेपाली कांग्रेसले हरेक वर्ष बी.पी. जन्म जयन्तीका रुपमा मनाउँदै आएको छ ।

वीपी साहित्य महोत्सव भाद्र २४, २५ र २६ गते पार्टी कार्यालयमा आयोजना गरिने कांग्रेस सूचना सञ्चार तथा प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

साहित्य महोत्सवमा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्त, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी लगाएतका बिषयमा बहस हुने उनले बताए ।

महोत्सव अन्तर्गत कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी हुने विश्वकर्माले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update