Public Pana

एसिया कप क्रिकेट खेल्नका लागि राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज सोमबार पाकिस्तान गएका छन् ।

अदालतमा मुद्दा विचाराधिन रहेका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि केहिबेरअघि पाकिस्तान प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका थिए । पाकिस्तान जानु अघि सन्दीपले एसियाकपमा राम्रो प्रदर्शन गर्ने बताए ।

आफूले पनि राम्रो अभ्यास गरेको बताउँदै आफू खेल्नलाई फिट रहेको पनि उनले बताए ।

त्यस्तै राखेप सदस्य सचिव घिसिङले एसिया कप क्रिकेट खेल्नु आफैमा ऐतिहासिक रहेको भन्दै उक्त खेलका लागि सन्दीपको भूमिका पनि अर्थपूर्ण रहेको बताए ।

एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने उनले अठोट लिएका छन् । मुद्धाको पेशी हिजो आईतबार रहेका कारण सन्दीप नेपाली टिमसँग पाकिस्तान गएका थिएनन् ।

मुद्धा आईतबार हेर्न नभ्याईने भन्दै भदौ २१ गतेको पेशी तोकिएको छ । अर्को पेशी अघिनै खेल्न भ्याईने भएपछि सन्दीप एसिया कपका लागि पाकिस्तान गएका हुन् ।

नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update