Public Pana
साउनमामै पौने ३ करोड रुपैयाँको स्मार्टवाच भित्रियो

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो एक महिनामा पौने ३ करोडको स्मार्टवाच आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा २ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको १७ हजार ९९७ यूनिट स्मार्टवाच आयात भएको छ।

स्मार्टवाचको आयातबाट सरकारले ९५ लाख ४४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

गत आव २०७९-८० मा ३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको ३७ हजार २९१ यूनिट स्मार्टवाच आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात घटेको देखिन्छ।

गत आवको तुलनामा चालु आवमा १ करोड १५ लाख ८५ हजार रुपैयाँ अर्थात २९.२९ प्रतिशतले स्मार्टवाचको आयात घटेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा १४ मुलुक मुलुकबाट स्मार्टवाच आएको छ।

नेपालमा आयात हुने स्मार्टवाच मध्ये चीनको हिस्सा ७७ प्रतिशत रहेको छ।
 

चीनबाट २ करोड १५ लाख ४९ हजार रुपैयाँ बराबरको १७ हजार ८१६ यूनिट स्मार्टवाच आएको छ।

भियतनामबाट ५९ लाख ७४ हजार रुपैयाँ बराबरको १५० यूनिट स्मार्टवाच आयात भएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update