Public Pana
चालु आर्थिक वर्षको पहिलो महिनामा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिना अर्थात् गत साउनमा नेपालमा ३४ करोडको इलेक्ट्रिक कार आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा ३४ करोड ६ लाख ११ हजार रुपैयाँ बराबरको ११० यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।
 

इलेक्ट्रिक कारको आयातबाट सरकारले १८ करोड २३ लाख ९० हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।
 

गत आव २०७९-८० को साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २१० यूनिट आयात भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा इलेक्ट्रिक कारको आयात आधाले घटेको छ ।
 

चालुआवको पहिलो महिनामा भारत र चीनबाट मात्र इलेक्ट्रिक कार आयात भएको छ ।
 

चीनबाट २६ करोड ५५ लाख ८६ हजार रुपैयाँ बराबरको ८३ यूनिट आयात भएको छ ।
 

भारतबाट ७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको २७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update