Public Pana
कोशी प्रदेशमा बजेट होलिडे

कोशी प्रदेशमा आजबाट बजेट शून्यता (होलिडे) सुरु भएको छ । हिजो आइतबार राति १२ बजेपछि यस्तो अवस्था आएको हो ।

एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेटको प्रदेशसभाबाट प्रतिस्थापन हुन नसक्दा कोशी प्रदेशमा बजेट शून्यता (होलिडे)मा गएको हो ।
 

कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट असार १४ गते प्रदेशसभामा टेबुल भएको थियो ।
सभामा टेबुल भएको बजेटलाई ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नु पर्ने सम्वैधानिक ब्यवस्था छ ।

एमालेका कार्कीले मुख्यमन्त्रीका रुपमा अध्यादेशमार्फत जेठ ३२ गते ल्याएको बजेट भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो । तर कोशीमा सरकारको अंकगणित र सरकार गठनकोरस्साकस्सी अदालतसम्म चलिरहँदा प्रतिस्थापन विधेयक संसद्मा टेबुल सम्म हुन सकेको छैन ।
 

अहिले त्यहाँ कांग्रेसका उद्दव थापा नेतृत्वको सरकार छ । तर उनको सरकार वैधानिक नभएको भन्दै एमाले अदालत पुगेको छ ।

अदालतले पनि संम्बैधानिक प्रश्न उठाउँदै कामचलाउ सरकारको हैसियतमा मात्र सरकारलाई छोडेको छ ।
 

बजेट सून्यतामा जाँदा प्रदेश सरकारलाई यातायात, मालपोत, वन जङ्गल, ढुङ्गा–गिटी लगायतका क्षेत्रबाट सङ्कलन हुने राजस्व सङ्कलनमा अप्ठ्यारो परेको छ । आजैबाट सरकारले साधारण खर्च समेत गर्न पाउने छैन ।

बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुनेछन् ।
 

बजेट शून्यताको अवस्थामा पुगेपछि सत्ता गठबन्धन अदालत जाने तयारीमा छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले अहिले सम्म कहीँ कतै बजेट शून्यताको अवस्था नरहेको र कोशी प्रदेशमा शून्यतामा गएकाले अदालत जाने तयारीमा रहेको बताए ।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update