Public Pana
मौसममा क्रमिक सुधार  भारी वर्षा नहुने

मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ ।
 

मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरमै अवस्थित रहेपनि आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
पानी पार्ने जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिन हल्कादेखि मध्यम वर्षाको मात्रै पूर्वानुमान् छ।  शनिबारको तुलनामा आइतबार मौसममा थप सुधार देखिएको थियो । 
आज र भोलि अझै सुधार देखिने छ ।

 

‘न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर रहेपनि पानी पार्न आवश्यक मोइस्चर कमजोर बनेकाले तत्काल भारी वर्षा र झरी पर्ने सम्भावना देखिँदैन,’ मौसम पूर्वानुमानले जनाएको हो ।
 

भारतको आसामतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका पूर्वी भूभागमा सामान्यदेखि आंशिक बदली हुने छ ।
 

अहिले कोशी प्रदेशका अधिकांश भूभाग, मधेश र बागमती प्रदेशका एक–दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ ।
 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको छ ।
 

दिउँसो काठमाडौं उपत्यकामा पनि आंशिकदेखि सामान्य बदली भई एक दई स्थानमा छिटफुट वर्षा हुने सम्भावना देखिएको छ ।
 

रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

मनसुन अवधिभर मौसम सुधार हुने र फेरि बदली हुने चक्र चलिरहने छ ,
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update