Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासन र समृद्धिबाटोमा अघि बढाउन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको बताएका छन् ।
 

आइतबार ललितपुरको भैसिपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास हस्तान्तरण र उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसपटक स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको भन्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको बताएका हुन् ।
 

मुलुकका लागि आफुले समझदारीका साथ राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गरेको उहाले बताए । 
प्रधानमन्त्री प्रचण्डले प्रमुख र मुख्यमन्त्रीको निवास बनाउनुको सामान्य अर्थ नरहेको भन्दै  यो प्रदेशलाई प्रभावकारी बनाउने कुरासँग सम्बन्धित रहेको जिकिर गरे ।

उनले निवासमा रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीले आफ्नो जिम्मेवारी र कार्यभारालाई अझ प्रभावकारी ढंगले अघि बढाउने धारणा राखे । त्यस्तै उनले भैसिपाटीमा नै निर्माण भइरहेको मन्त्री निवास भवनले पनि केहि महिनाभित्रै पूर्णता पाउने बताए ।
 

संघीय सरकारको लगानीमा बनेको उक्त निवास सम्बन्धीत प्रदेशका प्रमुखहरुलाई हस्तान्तरण गरिएको थियो । निवास परिसरमा सवै प्रदेशका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिएको छ । निवास प्रयोगमा विवाद नहोस भनेर भवनमा प्रदेशको नाम लेखिएको छ । 
 

उक्त भवनहरु करिब ८५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।  

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update