Public Pana
पूर्व निर्वाचन आयुक्त शाहलाई सीआईबीले छाड्यो

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह छुटेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले शाहलाई प्रतिवादी नबनाई अभियोगपत्र दायर गरेसँगै उनलाई हिरासतबाट छाडिएको हो । 
 

सीआईबीले मुद्दा चलाउन राय दिएपनि जिल्ला सरकारी वकिल कार्यालय प्रतिवादी नबनाई अभियोगपत्र दायर गरेपछि उनलाई छाडिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । 
 

सीआईबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो । तर, सरकारी वकिल

कार्यालयले भने २८९ सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छ । 
शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रुपमा कार्यरत रहेका थिए। 

 

सीआईबीले मुद्दा चलाउन राय दिएका दाङका सिडिओ सुशिल वैद्यलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पनि सीआईबीले नबनाउन भनेको थियो ।
 

तर, राउतविरुद्ध पनि मुद्दा दायर भएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update