Public Pana

भविष्यमा बाँझोपनको समस्याबाट बच्न उमेर छदै महिलाले आफ्नो डिम्बाशय निकालेर संरक्षण गर्न सक्छन । अहिले नेपालकै कतिपय आइभिएफ  सेन्टरले यस्तो  सुविधा दिन थालेका छन । चिकित्सकीय बिधिबाट महिलाको डिम्बाशय बाहिर निकालेर फ्रिज गरेर त्यसलाई कयौ बर्षसम्म राख्न सकिन्छ । महिलाले भविष्यमा उक्त अण्डालाई सन्तान प्राप्तीका लागि प्रयोग गर्न सक्छन् । महिला जस्तै पुरुषले पनि आफ्नो बिर्यलाई स्पर्म बैंकमा जम्मा गर्न सक्छन् । हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा रहेको नर्भिक आइभिएफ सेन्टरले यो सुविधा प्रदान गरिरहेको छ । अहिसम्म केही अविवाहित महिलाले आफ्नो डिम्बाशयलाई भविष्यमा सन्तान प्राप्तीमा समस्या नहोस भनेर डिम्बाशय प्रिजवेशन गरेर राखेको नर्भिक आइभिएफकी बरिष्ठ टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नुतन शर्माले बताइन । 
 । 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update