Public Pana
साताको पहिलो दिन नेप्से ओरालो लागेपनि हरियो देखिने लक्षण

आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर दुई हजार भन्द तल ओर्लिएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर १९९३.३८ विन्दुमा झरेको हो ।

बिहीबार घटेको नेप्सेले आइतबार पनि त्यही लयलाई निरन्तरता दियो । गत साताको दोस्रो कारोबार दिन पनि नेप्से २००० विन्दुभन्दा तल झरेको थियो ।

आइतबार सेन्सेटिभ इण्डेक्स ३.४४, फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बिहीबार डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ९.६३ प्रतिशत घटेको छ । त्यस्तै, लिबर्टी इनर्जीको शेयरमूल्य ६.३० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ ।

कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ । जसका कारण आगामी दिनमा बढ्ने शंका छैन । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update