Public Pana
रास्वपाले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।

उद्योग तथा वाणिज्य समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने तयारी गरेको पार्टीका एक नेताले जानकारी दिएका हुन् ।

संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका तीन जना सांसद छन् ।

असीम साह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली त्यस समितिमा भएकाले उम्मेदवारी दिने तयारी गरेको हो ।

संयुक्त समिति २ र प्रतिनिधि सभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस ४, नेकपा (माओवादी केन्द्र) २, नेकपा (एमाले) ३, नेकपा (एकीकृत समाजवादी) १, जनमत पार्टीको १ सिटमा दाबी रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने समितिको भागबन्डामा समावेश गरिएको छैन ।

भागबन्डा नदिएपछि रास्वापाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update