Public Pana
थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय

मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए।

मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।

थारू र मुस्लिम समुदायका विभिन्न संघ-संगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए।

आयोगका अध्यक्ष दत्तका अनुसार उक्त उजुरीमाथि आयोगले निर्णय लिँदै थारू र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय भएको हो।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update