Public Pana
राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले संसदीय समितिका सभापति पदअन्तर्गत आफूले पाएका सिटमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एउटा दिने भएको छ ।

आज आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई एउटा समितिको सभापति पद दिने निर्णय गरेका हुन् ।
 

सत्ता गठबन्धनले आफूले पाएका समितिमध्ये एउटा राप्रपालाई दिने भएको हो ।

मिनि पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिको सभापतिका लागि भोली सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ । 

मनोनयन दर्ताका लागि आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजे समय निर्धारण गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update