Public Pana
संसदीय समिति सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी

नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बन्ने भएका हुन् ।

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विमला समानुपातिक सांसद हुन् ।

सभापतिको लागि मनोनयन दर्ताका लागि बहान ११ बजेदेखि दिउँसो ४ बजे समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update