Public Pana
ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा चलाइने

ललिता निवास जग्गा प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ ।
 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।
 

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले राउत समेतलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको बताए ।
 

यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव वैद्यलाई पनि प्रतिवादी बनाइएको छ ।

यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको न्यौपानेले बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update