Public Pana
दाङका सीडीओ गृह मन्त्रालय तानिए

ललिता निवास प्रकरणमा नाम मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ ।

वैधमाथि लागेको आरोपबारे छानबिन सहजका लागी उनलाई सरुवा गरेर मन्त्रालय ल्याइएको हो।

वैद्यलाई अहिले अतिरिक्त समूहमा राखिएको छ ।

मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
 

ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।

सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मद्दा दर्ता गर्दैछ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update