Public Pana
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो ।

काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दावी गरिएको छ ।

१७ वर्षकी एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सफाइ पाएको अवस्था वा मुद्दाको टुंगो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा सन्दीप छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update