Public Pana
माओवादीका नेता कृष्ण महराको पनि बयान लिइने प्रधानमन्त्री दाहालको भनाइ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने दाबी गरेका छन् ।

कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा आज आइतबार उनले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनेको जानकारी समेत दिए ।

‘मेरै दलभित्र पनि जजसको नाम आएको छ । उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,’ प्रचण्डलाई उद्धृत गर्दै कांग्रेस नताहरुले उल्लेख गरे ।

सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ । प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए ।

कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update