Public Pana
पौडी खेल्ने क्रममा बाँकेको खजुरामा डुबेर दुई जनाको मृत्यु

 

खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताउनुभयो । 

साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता हुनुभएको थियो । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । 

पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update