Public Pana
निषेधाज्ञाले बिहानैदेखि धरान सुनसान

जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधादेश जारी गरेपछि धरानको मुख्य बजार सुनसान बनेको छ ।
 

सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक भेला प्रदर्शन नगर्न÷नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
 

हिजो शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म धरानमा निषेधादेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
 

धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधादेश जारी गरिएको छ ।
 

धार्मिक समूहले आज (शनिबार) -यालीको तयारी गरेपछि सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो ।

पछिल्लो समय केही अतिवादी समूहले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा गरेको प्रचारले धरानको परिस्थितिलाई लिएर राजनीतिक दलहरुले समेत चिन्ता व्यक्त गरेका छन् । धरानका मेयर हर्क साम्पाङले पनि सद्भाव र एकता कायम राख्न आग्रह गरेका छन् ।
 

धरान प्रवेश गर्ने चारै तर्फको नाकाहरुमा समेत चेकजाँचमा कडाइ गरिएको छ । उच्च सुरक्षा निगरानीका कारण बिहानैदेखि धरान सुनसान बनेको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update