Public Pana
भारतको तमिलनाडुमा रेलभित्र आगलागी हुँदा नौ जनाको मृत्यु 

तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै तीर्थयात्री बोकेको रेलमा शनिबार (आज) बिहान आगलागी हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । 
 

मदुराई जिल्ला मजिस्ट्रेट एमएस संगीताका शनिबार बिहान साढे ५ बजे मदुराई रेलवे स्टेसनमा एउटा कोचमा आगो लाग्यो। जसमा उत्तर प्रदेशका तीर्थयात्री सवार थिए ।
 

जिल्ला अधिकारीका अनुसार बिहान यात्रुले कफी बनाउन चुलो बाल्दा ग्याँस सिलिन्डर विस्फोट भएको हो। त्यसपछि रेलमा आगलागी भएको थियो । 
 

सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला अधिकारीले भने, ‘अहिलेसम्म ५५ जनाको उद्धार गरिएको छ भने ९ जनाको शव भेटिएको छ। उद्धार अझै जारी छ ।’
 

 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update