Public Pana
यो साताभरी सताइरहेको वर्षा र बाढीको समयमा आजको मौसम कस्तो होला ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।

साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ ।
 

गत रातभरी पनि नेपालका अधिकांश स्थानमा वर्षाका कारण मौसम त्रासपूर्ण रहेको थियो । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

 

कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

भोली आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update