Public Pana
पराजित भएको भए सन्यास फिर्ता गरेर फेरी क्रिकेट खेल्ने पारसको खुलासा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट संघ, काठमाडौंको निर्वाचनमा पराजित भएको भए आफूले घोषणा गरेको सन्न्यास फिर्ता गरेर पुनः क्रिकेट खेलमा फर्कने योजना बनाएको खुलाएका छन् ।
 

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
 

उनी काठमाडौंको नक्सालमा गत ३० साउनमा भएको निर्वाचनमा सदस्य निर्वाचित भएका थिए ।
 

शुक्रबार काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाको समर्थनमा पत्रकार सम्मेलन गरेका पारसले चुनावमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । 
 

‘क्रिकेट खेल्न त धेरै सजिलो रहेछ, वास्तवमा मैले यो सम्म पनी सोचेको थिएँ कि चुनाव हारी हाले भनेँ आजकल सन्न्यासबाट कमब्याक गर्ने चलन पनि छ नी, चुनाव हारिहाले भने सन्न्यास फिर्ता गरौं की भन्ने योजना पनि बनाएको थिएँ,’ मैदान भित्र र बाहिरको मध्य कुन खेल सजिलो भन्ने प्रश्नको जवाफ दिँदै पूर्व कप्तान खड्काले भने, ‘तर सबै गृहकार्य गर्दा मेरो व्यक्तीगत रुपमा पनि यो सबै सिक्ने कुरा हो। सिक्दै जाँदा राम्रो नराम्रो पक्षहरु एक ठाउँमा आउनु स्वभाविक हो ।’
 

खड्काले क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने बताए । 
 

‘मैले बारम्बार भन्दै आएको एउटै मात्र कुरा हो की, यदी म भोलि गएर नेपाल क्रिकेट संघको कुनै अंग हुन्छु भने मैले गएर नेपाल क्रिकेट संघमा एउटै लक्ष्य के हो भने सबै पक्षलाई एकै ठाउँ ल्याउने र क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने हो,’ उनले भने । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update