Public Pana
सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएको शिक्षिकाको सुसाइट नोटमा

धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल ।

स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् ।
 

दार्चुलाको मार्मा गाउँपालिका–६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका–३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार राजेश्वरी फेसबुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन् ।

 

करिब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्वादबाट दुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा पाउँछिन् ।

रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update