Public Pana

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि बिषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको छ । 

आज शुक्रबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले क्षमताले भ्याएसम्मको समितिको सभापतिमा उम्मेद्वारी दिने र अन्य समितिका बिषयमा आन्तरिक छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकार दिए ।

बैठकले निर्वाचन क्षेत्र बिकास कार्यक्रममा सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेको उनले बताए ।

बैठकमा संसद बैठकमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने र देश र जनताको मुद्धाहरुलाई उठाउनका निरन्तर छलफल गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update