Public Pana

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै सबै सचेत रहनुपर्ने बताएका छन् ।

आज शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उनले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री खड्काले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update