Public Pana
आज धरानमा निषेधाज्ञा, जुलुस गर्न प्रतिबन्ध

धरानमा पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन् । 

उक्त निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो ।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

शुक्रबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, -याली, भेला गर्न रोक लगाइएको छ ।

dharan--1692963124.jpg
dharan-tension_1692961019.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update