Public Pana
सिरहाको विष्णुपरकट्टीमा राखेको एमाले सचिवालय बैठक स्थगित

नेकपा एमालेले उपत्यका बाहिर बस्न लागेको सचिवालय बैठक स्थगित गरेको छ । एमालेले भोलि शनिबारका लागि तय गरेको सचिवालय बैठक स्थगित भएको पार्टी कार्यालयले जनाएको छ ।

लगातारको वर्षा र बाढीपहिरोका कारण बैठक स्थगित गर्नुपरेको हो ।
 

नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि त्यही स्थानमा एमाले सचिवालय बैठक डाएिको थियो ।
 

सो स्थानमा २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो ।

उक्त झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो ।

त्यसअघि ०३९ सालमा मालेको महासचिवमा सीपी मैनालीलाई बिदा गर्दै खनाल चयन भएका थिए ।
 

३४ वर्षअघि चौथो महाधिवेशन भएको घरमा एमालेको सचिवालय बैठक बस्ने र इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update