Public Pana
मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने : टी–ट्वान्टी सिरिज

मलेसियामा जारी चारदेशीय महिला टी–ट्वान्टी सिरिजको फाइनलमा नेपाल र हङकङ खेल्ने भएको छ ।
 

समूह चरणको अन्तिम खेलमा नेपाललाई ६ विकेटले पराजित गरेपनि आयोजक मलेसिया नेट रनरेटमा पछि पर्दै फाइनलमा पुग्न सकेन ।
 

नेपाल, हङकङ र मलेसियाले ३ मध्ये समान २–२ खेलमा जित हात पार्दै ४–४ अंक जोडेको थियो । तर नेट रनरेटमा नेपाल र हङकङ फाइनलमा प्रवेश गरेका हुन् । कुवेतले भने ३ वटै खेलमा पराजय भोग्यो ।
 

आज शुक्रबार नेपालले दिएको ८५ रनको लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा ग-यो ।
 

मलेसियाको जितमा आइना हसिमले अविजित ३७ रन तथा महिराह इस्माइलले २१ रन जोडे । नेपालका लागि पुजा महतो, सीता राना मगर र कप्तान रुविना क्षेत्रीले १–१ विकेट हात पारे ।
 

यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो र मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो ।
 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले २३ रन तथा इन्दु वर्माले २० रन जोडे । काजल श्रेष्ठले १८ रन बनाइन् ।
 

मलेसियाका लागि महिरन इस्माइल, नुर दानिया र आइना हसिमले २–२ तथा आइश्या इलिसाले १ विकेट हात पारे ।

Nepal-women1692959393.jpg

Nepal-vs-Malaysia1692953160.png
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update