Public Pana
हर्क साम्पाङलाई उच्च अदालतले भन्यो– व्यक्तिका जग्गामा प्रवेश नगर्नू

धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिका जग्गामा प्रवेश नगर्न अन्तरिम आदेश दिएको छ ।

 जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि उनलाई त्यस्तो नगर्न आदेश दिएको थियो ।

मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको थियो । 

उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update