Public Pana
नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्यो

नेपालबाट अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले दिने हवाई सेवा कोरोना महामारीअघिकै अवस्थामा पुगेको छ ।
 

विश्वभर कोरोनाको जोखिम हटेसँगै पर्यटकको संख्या बढ्दै जाँदा नेपाल आउने विदेशी एयरलाइन्सको संख्या बढेको हो ।
 

कोरोनाअघि विभिन्न ३० वटा एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट उडान भर्ने गरेका थिए । १३ अगस्तदेखि चाइना स्टर्न एयरलाइन्स र जुलाईबाट तिब्बत एयरलाइन्सले उडान सुरु गरेपछि नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सको संख्या ३० पुगेको छ ।

नोभेम्बरदेखि थाई एयरवेजले पनि उडान गर्ने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
 

कोरोनाअघि चौबीसै घण्टा चल्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले २१ घण्टा मात्र सञ्चालनमा छ । हेलिकोप्टर र आन्तरिक उडानका कारण दिउँको समय थप अन्तर्राष्ट्रिय उडान गर्न नसकिने भए पनि रातिको समयमा अझै जहाज थप्न सकिने प्राधिकरणले जनाएको छ ।
 

त्यस्तै आगामी हिउँददेखि भैरहवाबाट जजिरा एयरवेज र पोखरामा भुटान एयरले उडान गर्ने तयारी गरेको पनि जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update