Public Pana

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आफूलाई राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको अभियानमै फर्काएको छ ।
 

काठमाडौंमा हिजो र आज गरी दुई दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक दस्तावेज पेस गर्दै अध्यक्ष कमल थापाले पार्टीलाई राजसंस्थान पुनर्स्थापनाको एजेन्डामै औपचारिक रुपमा फर्काएका हुन् ।
 

राजेन्द्र लिङ्देन नेतृत्वक राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो समय विवाद बढ्दै गर्दा थापाले आफूलाई राजसंस्थाको पक्षमा फर्काएर त्यहाँको जनमत पनि तान्ने कोसिस गरेका छन् । 
 

राप्रपामा अन्य नेताहरुले पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङ्देनलाई घेराबन्दी बढाइरहेका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेताहरु प्रकाशचन्द्र लोहनीसहित लिङ्देनसँग असन्तुष्ट देखिएका छन् । 
 

थापाले विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहे पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा हुने दस्तावेजमा उल्लेख गरेका छन् । 
 

राजसंस्था पुनर्विचार गर्न उनले समिति समेत बनाएका छन् ।
 

थापाले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update