Public Pana

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान)ले नेसनल आइसिटी स्कलरसिप २०८० को आवदेन खुल्ला गरेको छ । 

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले प्राविधिक शिक्षा तर्फ प्रदान गर्दै आइरहेको छात्रबृतिको नेसनल आइसीटी स्कलरसिपको आवेदन खुल्ला गरिएको जनाएको हो ।

छात्रबृति सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनसंगको सहकार्यमा सुरु गरिएको र यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आशिंक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानका अध्यक्ष रणजितकुमार पौदारले जानकारी दिए ।

देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरि प्रत्येक प्रदेशबाट १ जनालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आशिंक छात्रवृति प्रदान गरिने छ ।

बिगत चार बर्षदेखि सञ्चालित छात्रवृति कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनसंगबीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैया बराबरको छात्रवृत्ति पाउने छन् ।

इच्छुक विद्यार्थीले भाद्र ३१ गतेभित्र आवदेन दिनुपर्ने क्यानले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update