Public Pana
जीईएफको उपाध्यक्षमा अर्थमन्त्री महत

जीईएफको उपाध्यक्षमा अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा चुनिएका छन् । 

जीईएफको ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

आज एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्ड्सको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

मन्त्री डा. महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । 

साथै उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी मानिसका लागि पानीको  स्रोत रहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update