Public Pana
रास्वपा संददीय दलको बैठक आज बस्ने

पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्ययोजनाका लागि पार्टीको भूमिकावारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक बस्दैछ ।

आज शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा पनि छलफल हुने एक बताइएको छ । 

संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा बैठकले आधिकारिक निर्णय गर्नुका संसदमा पार्टीको प्रभावकारी भूमिकाका बिषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्  । 

संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार  निर्वाचन हुँदै छ ।  चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि  पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update