Public Pana
किस खाँदा जागिर च्यैट - फुटबल महासंघका अध्यक्षको राजिनामा

स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाले आज शुक्रबार राजिनामा दिने संकेत देखिएको छ ।

गत आइतबारको फाइनलमा इंग्ल्याण्डलाई १–० ले पराजित गरेपछिको समारोहमा रुबियालेसले स्पेनिस फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेकोप्रति रुबियालमाथि अनुशासन सम्बन्धी कारबाही प्रकृया अघि बढेका बेला उनले राजिनामा दिने संकेत दिएको स्पेनिस मिडियाहरुले जनाएका छन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले महिला विश्वकप २०२३ को फाइनलमा गरेको व्यवहारलाई लिएर स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियालेसमाथि अनुशासन सम्बन्धी कारबाहीका लागि छानबिन सुरू गरेको हो । 

स्पेनमा मिडियाहरूले रुबियालेसले आज शुक्रबार आफ्नो राजीनामा घोषणा गर्ने तयारी गरेको दाबी गरेका छन् र आफ्नो निर्णयको बारेमा उनले सहकर्मीहरूलाई जानकारी गराएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । 
फिफाले उनको कार्यले आक्रामक व्यवहार र निष्पक्ष खेलको अनुशासन संहिताको धारा १३ को उल्लंघन हो वा होइन भनेर हेर्नेछ ।

गत आइतबारको फाइनलको अन्तिम सिठ्ठी बज्दा अध्यक्ष रुबियालेस स्पेनकी रानी लेटिजिया र उनकी १६ वर्षीया छोरी नजिकै उभिरहेका थिए ।

केहीबेरपछि पोडियममा मेडल लगाएर फर्किएकी हर्मोसोलाई उनले ओठमा चुम्बन गरेका थिए । 

यो दृष्यपछि उनको संसारभर आलोचना भएको थियो । जसका कारण उनले सोमबार माफी मागेका थिए । तर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले माफी ’पर्याप्त छैन’ भनेका थिए ।

यस्तै उपप्रधानमन्त्री योलान्डा डियाजले उनलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update