Public Pana
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा 

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलबाट २ लाख अमेरिकी डलरमा रिहा भएका छन् ।

उनि त्यहाँ पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्दोबस्त गरिएको थियो ।

त्यहाँ उनका औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको थियो ।
लगत्तै उक्त फोटो सार्वजनिक गरियो । 

छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भएका हुन् ।

अघिल्लो राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् ।

उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भन्दै अस्वीकार गर्दै आएका छन् ।

फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जोर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ज गरिएको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update