Public Pana
मेलम्चीमा फेरि बाढी, सर्वसाधारणलाई पीडा

सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ ।
 

अस्ति बुधवारदेखिको अविरल वर्षाका कारण हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा बढी आएको हो ।
 

बाढीले सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको वडाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको छ ।
 

विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको छ ।
बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेका छन् । नदी बजारको घरहरू नजिकै पुगिसक्यो, यसरी नै बहाब  बढ्यो भने वस्तीमा बाढी छिर्ने स्थानियले जनाएका छन् ।

 

मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ ।
 

पछिल्लो  २४ घन्टामा मेलम्ची आसपास १२२ मिलिमिटर वर्षा भइरहेको छ । अहिले पनि एकदुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। 
 

यसअघि २०७८ असार १ र साउन १६ गते गेग्रानसहितको भेलबाढीले तटीय क्षेत्र तहसनहसन बनाएको थियो, दुई वर्षपछि पुनः बाढीले कटान गरेको हो । 

melamchi-_1692934721.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update