Public Pana
१०५ वर्षीया वृद्धाको अपरेसनद्धारा जोर्नी प्रत्यारोपण 

भरतपुर अस्पतालमा १०५ वर्षीया वृद्धाको शल्यक्रिया (अपरेसन) गरी जोर्नी प्रत्यारोपण गरिएको छ । हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो ।
 

अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी वृद्धाको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो ।
 

हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । 
 

एनेस्थेसिया (शल्यक्रिया गर्दा बेहोस बनाउने काम) र शल्यक्रियाका हिसाबले चुनौतीपूर्ण रहे पनि सफलतापूर्ण शल्यक्रिया गरिएको डा कँडेलले बताए ।
 

उनका हनुसार बिरामीको हिपको गेडी परिवर्तन गरिएको छ। गुरुङलाई अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी उपचार भइरहेको डा कँडेलले जानकारी दिए । 
 

उनले भने, ‘उहाँ हिँड्न थाल्नुभएको छ । विस्तारै निको हुने विश्वास हामीले लिएका छौँ ।’
सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको उनले दाबी गरे । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update