Public Pana
रमेश सिंहले बिगारेको मन्त्रालय सुर्धान बालुवाटारले पठायो आचार्यलाई शहरीमा, मन्त्री असन्तुष्ट

सरकारले शहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यको सरुवा गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आचार्यलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । 

आचार्यलाई प्रधानमन्त्रीकै चाहनामा शहरीमा पठाइएको स्रोतले बतायो । सांगेतिक क्षेत्रमा सियराका नामले चिनिएका आचार्यको केही सांगेतिक एल्बम समेत बजारमा आएका छन् । 

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य अवकाश भएसँगै सचिव पद रिक्त रहेको थियो । यसअघि सचिव सिंहले लथालिंग पारेको मन्त्रालयलाई ट्रयाकमा ल्याउने जिम्मेवारी आचार्यको काधमा आएको छ । करारमा अनगिन्ती कर्मचारी भर्नाका साथै सातौ बरियताका सहसचिवलाई शहरी विकास तथा भवन विभागको महानिर्देशक बनाएपछि तात्कालिन सचिव सिंहको आलोचना भएको छ । पछिल्लो समय शहरी विकास मन्त्री मेटमणी चौधरी समेत सचिव  सिंहको  इशारामा चलेका कारण मन्त्रालय र मातहतका निकाय अस्तव्यस्त अवस्थामा छन् ।

सचिव आचार्यलाई पुरानो सचिवले  गरेका थुप्रै निर्णय र अस्तव्यस्त मन्त्रालयको गतिविधीलाई सुर्धान निकै कसरत गर्नुपर्ने देखिन्छ । हालका शहरी विकास मन्त्री मेटमणी चौधरीले अहिले पनि पुराना सचिव रमेश सिंहको  स्वार्थ अनुसार काम गर्दै आएकाले नयाँ आएका सचिव आचार्यलाई  मन्त्रीले असहयोग गर्न सक्ने सम्भावना रहेको मन्त्रालयकै कर्मचारी बताउछन् । आफ्नो स्वार्थ नमल्निे भएपछि मन्त्री चौधरीले आचार्यको आगमनलाई नरुचाएको स्रोतको भनाई छ । 

मन्त्री चौधरीले अहिलेपनि मन्त्री निवासमा बोलाएर अवकाश प्राप्त सचिव रमेश प्रसाद सिंहको सल्लाहमा काम गर्ने गरेको उनकै केही निकटवर्तीहरुले बताउने गरेका छन् । 

आफ्नो प्रभुत्व जमाउन मन्त्री चौधरी र पुर्वसचिव सिंहले आजै बढुवामा परेका सचिव रामआधार साहलाई शहरीमा ल्याउन कोशिस गरेपनि कंग्रेस निकट सचिव आचार्यलाई बालुवाटारले प्रभावकारी काम गर्नु भन्दै शहरीमा पठाएको बुझिएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update