Public Pana
नेताको खोल ओढेर ठेकेदारले बेथिति ल्याए, हामी तह लगाउँछौं : मन्त्री राई

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई 'तह लगाउने' चेतावनी दिएका छन् 

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयले त्यस्ता ठेकदारहरूको खोजी गरिरहेको र बिस्तारै 'ठीक लगाउने' बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए ।

मन्त्री राईले भने ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । सरकारले कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैन । तर विकास निर्माणमा ठेकदारहरूको बेथिति छ । को कसको को कसको भन्ने ठेकेदारहरूले विभिन्न नेताहरूको खोल ओढेर ठेकेदारहरूले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । बिस्तारै ठीक पार्छौं । तपाइँहरू ढुक्क हुनुस् ठिक पार्छौं ।'

 

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको जिकिर गरे । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भइरहेको पनि दाबी गरे । मन्त्री राईले कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको पनि बताए ।

कान्तिपुरबाट

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update